सुनचाँदी विलासिताको वस्तु भएकाले कर बढाइएको हो : सचिव मरासिनी

हिमाल प्रेस १९ असार २०८० १७:५५
6
SHARES
सुनचाँदी विलासिताको वस्तु भएकाले कर बढाइएको हो : सचिव मरासिनी

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालका सचिव मधुकुमार मरासिनीले सुनचाँदी विलासिताको वस्तु भएकाले यसमा कर बढाइएको बताएका छन्। मंगलबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहीत समितिको बैठकमा सचिव मरासिनीले सुनचाँदी विलासिताको वस्तु भएको बताएका हुन्।

सुनचाँदीका वस्तुहरू विलासिताको वस्तु भनेर सरकारले कर वृद्धि गरेको उनको भनाइ थियो। व्यवसायीहरूले विलासिताको वस्तु होइन भने पनि धेरै लगानी गर्नुपर्ने भएकाले २ प्रतिशत थप विलासिताको कर लगाइएको सचिव मरासिनीले बताए।

गत वर्ष मुलुकको विदेशी मुद्रा सञ्चितिमा परेको प्रभावका कारण सुनचाँदी आयातमा कोटा प्राणाली लगाइएको उनले बताए। उनले १० लाखको सुन किनेर २० लाख बनाउनु भन्दा १० लाख अन्य ठाउँमा लगानी गर्दा केहीले रोजगारी पाउनेसमेत औल्याए।

प्रकाशित: १९ असार २०८० १७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 7 =