राष्ट्रियसभामा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल

हिमाल प्रेस १९ असार २०८० १३:४६
6
SHARES
राष्ट्रियसभामा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक टेबुल राष्ट्रियसभा बैठक। फाइल तस्बिर- रासस

काठमाडौँ– राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ टेबुल गरिएको छ।

राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा सभाका सचिव डा. सुरेन्द्र अर्यालले दुवै विधेयक टेबुल गरेका हुन्।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी छ।

प्रकाशित: १९ असार २०८० १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =