अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको छः अर्थमन्त्री महत

हिमाल प्रेस १९ असार २०८० १३:३५
2
SHARE
अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको छः अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको बताएका छन्।

अर्थ समितिको मंगलबारको बैठकमा मन्त्री महतले समग्र अवस्था सकारात्मक बाटोमा हिँडेको भए पनि समस्यामुक्त भइनसकेको बताएका हुन्।

उनले भने, ‘कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त हुँदैन। समस्या आइरहन्छ, समाधानको बाटो पहिल्याउँदै जानुपर्छ।’

सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री डा. महतले भने, ‘अर्थतन्त्र चलायमान बनाउन अर्थ मन्त्रालय समन्वयकारी भूमिकामा छ। समस्या न्यून गरियो भने हामी विकास र समृद्धिको बाटोमा अगाडि बढ्न सक्छौँ।’

मन्त्री महतले नेपाल २००७ सालपछिको कालखण्डमा थुप्रै राजनीतिक आरोह अवरोहबाट गुज्रिनु परेकाले भौतिक विकासमा पछि परेको बताए।

उनले समय सीमाभित्र बजेट कार्यान्वयनका लागि कर्मचारीलाई निर्देशन दिइसकेको पनि बताए। मन्त्री महतले प्रशासनिक खर्च घटाउन अपरिहार्य भएको बताएका छन्। ‘सानासाना खर्च जोगाउन सक्यौँ भने हामीले ठूलो बचत गर्न सक्छौँ। यसको लागि प्रशासनिक खर्च घटाउनै पर्छ,’ उनले भने।

 

प्रकाशित: १९ असार २०८० १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 1 =