प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनुपर्ने आयोगको निर्णय

हिमाल प्रेस १८ असार २०८० १६:५९
8
SHARES
प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार अनिवार्य हुनुपर्ने आयोगको निर्णय

काठमाडौँ– निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचनतर्फ राजनीतिक दलले उम्मेदवार छनोट गर्दा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ। सोमबार बसेको आयोगको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गर्दै यस्तो निर्णय गरेको हो।

अहिलेसम्म राजनीतिक दलहरूले प्रत्यक्षतर्फ पुरुष उम्मेदवार उठाएर समानुपातिकबाट महिलाको ३३ प्रतिशत उपस्थिति पूरा पुरा गर्दै आएका छन्।

त्यस्तै आयोगको बैठकले स्थानीय तहको प्रमुख तथा उपप्रमुखमध्ये कुनै एउटा पदमा उम्मेदवारी दिँदा महिला उम्मेदवार अनिवार्य हुनुपर्ने निर्णय पनि गरेको छ। त्यस्तै वडाअध्यक्ष पदको उम्मेदवार बनाउँदा पनि सम्बन्धित स्थानीय तहको सबै वडाअध्यक्ष मध्येको कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने व्यवस्था पनि मस्यौदामा उल्लेख छ।

प्रकाशित: १८ असार २०८० १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =