नेसपाले संगठन निर्माण र विस्तार अभियान चलाउने

हिमाल प्रेस १७ असार २०८० १७:१२
6
SHARES
नेसपाले संगठन निर्माण र विस्तार अभियान चलाउने

काठमाडौँ- नेपाल समाजवादी पार्टीले संगठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने भएको छ। त्यसका लागि असारदेखि पुससम्मको समय तोकिएको छ।

अभियानका लागि अध्यक्ष डा. बाबुराम भट्टराईको संयोजकत्वमा केन्द्रीय अभियान परिचालन मूल समिति र सचिवालय निर्माण भएको सो पार्टीले जानकारी दिएको छ।

सचिवालयको संयोजकमा अध्यक्ष भट्टराई रहने तथा विशेष उपस्थिति अध्यक्ष महेन्द्र राय यादव र अभियानका सदस्यहरू गंगा श्रेष्ठ, हिसिला यमी, दुर्गा सोव, रमेश यादव, ईश्वर रिजाल, सिर्जना रिजाल, सोनामसिं स्याङतान, विश्वदीप पाण्डे र हरि रिजाल सचिवालय समिति सदस्य रहने बताइएको छ। यो समितिले संगठन निर्माण र विस्तार सम्बन्धी अभियानको सम्पूर्ण निर्णय र योजना गर्नेछ।

गत असार १३ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अभियान चलाउने निर्णय गरेको हो।

प्रकाशित: १७ असार २०८० १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =