एनपी साउद भन्छन् : देउवा चिठ्ठा परेर पाँचपटक प्रधानमन्त्री हुनु भएको होइन, योग्यताले हो

हिमाल प्रेस १७ असार २०८० १३:१८
44
SHARES
एनपी साउद भन्छन् : देउवा चिठ्ठा परेर पाँचपटक प्रधानमन्त्री हुनु भएको होइन, योग्यताले हो

काठमाडौँ– परराष्ट्रमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले सभापति शेरबहादुर देउवा चिठ्ठा परेर पाँचपटकसम्म प्रधानमन्त्री नभएको बताएका छन्।
नेपाली कांग्रेस गाउँ कार्यसमिति चौरपाटी अछामद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘धेरै मान्छेले भन्छन् शेरबहादुर देउवा भाग्यले प्रधानमन्त्री भएका हुन्। उहाँ भाग्यले प्रधानमन्त्री हुनुभएको होइन। तपाईं कसैलाई पाउनु हुन्छ ५ पटक लट्री परेको मान्छे? कहिँ ५ पटक एकै मान्छेलाई लट्री पर्छ?,’ उनले भने, ‘शेरबहादुर देउवा भाग्यले होइन, योग्यताले प्रधानमन्त्री हुनुभएको हो, पार्टीको विचारले हुनुभएको हो। नेतामा योग्यता, पार्टीमा विचार र चिन्तनले यो कुरा भएको हो। किन भने यो पार्टी सबै पार्टीलाई सँगसँगै लैजान सक्ने पार्टी हो।’

लगानीमैत्री वातावरण बनाएर आर्थिक वृद्धिकोको प्रक्रियालाई अगाडि बढाउने पार्टी भनेकै कांग्रेस रहेको उनको भनाइ छ।

‘हामी अन्तर्राष्ट्रिय शक्तिलाई आश्वस्त र विश्वस्त पार्न सक्छौँ। लगानीमैत्री वातावरण बनाएर आर्थिक वृद्धिको प्रक्रियालाई अगाडि बढाउन सक्ने भएकाले हामी लोकतन्त्रका सबैभन्दा भरपर्दो पार्टी हौँ,’ उनले भने।

उनले राष्ट्रिय स्वतन्त पार्टीलाई लक्षित गर्दै नयाँ पार्टीको संगठन सामाजिक सञ्जालबाहेक अन्त नरहेको पनि बताए। ‘नयाँ नयाँ पार्टी आइरहेका छन्। सोसल मिडियाबाहेक उनीहरूको कतै संगठन छैन। उनीहरू अर्का पार्टीका कार्यकर्तालाई हामीलाई भोट दिनु भन्छन्,’ उनले भने, ‘ पार्टी पद्दतिमा विश्वाश गर्दैनन्। पार्टी पद्दतिमा विश्वास नगर्नेले देश सञ्चालन गर्न सक्दैनन्। त्यही भएर लगातार विवादमा परिराखेका छन्।’

नेपालमा वामपन्थी चिन्तन उत्पादन नबढाउने तर वितरण बढाउने खालको भएको साउदको भनाइ छ। ‘वामपन्थीको चिन्तन उत्पादन नबढाउने, वितरणमात्र बढाउने हुन्छ। बाँड्दै जाँदा सबैलाई पुग्ने गरि बाँड्नु पर्छ,’ उनले भने, ‘तर उनीहरु सबैलाई पुग्ने गरि बाँड्दैनन। कतै धेरै त कतै अनिकाल पर्नेगरी वितरण गर्छन्। आर्थिक अनिकाल आउने परिस्थिती निर्माण गरेको छ एमाले नेतृत्वको सरकारले।’

प्रकाशित: १७ असार २०८० १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eighteen =