गरिब जनतालाई बैंकले विनाधितो ऋण दिने व्यवस्था गर्नुपर्छ : अमरेश सिंह

हिमाल प्रेस १७ असार २०८० १३:२१
22
SHARES
गरिब जनतालाई बैंकले विनाधितो ऋण दिने व्यवस्था गर्नुपर्छ : अमरेश सिंह

काठमाडौँ– स्वतन्त्र सांसद अमरेश सिंहले सरकारले गरिब जनतालाई विनाधितो ऋण दिने व्यवस्थाको ग्यारेन्टी गरिनुपर्ने बताएका छन्।

आइतबार (आज) प्रतिनिधिसभा बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

बैंकहरूले गाउँ-गाउँमा गरिब जनतालाई विनाधितो ऋण दिने व्यवस्थाको सरकारले ग्यारेन्टी गर्नुपर्ने उनको भनाइ छ।

गरिब जनताबाट निक्षेप संकलन गरेर बैंकहरूले ठूलो व्यापारीहरूलाई मात्रै ऋण दिने गरेकोमा उनले आपत्ति जनाए।

ठूला व्यापारीहरूसँग ठूला नेताहरूको मिलेमतो हुने गरेकाले बैंकहरूले पनि ठूला व्यापारीलाई नै अर्बौंको ऋण दिने गरेको उनले आरोप लगाए।

बैंकहरूले गरिबलाई अत्यावश्यक पर्दा पनि विनाधितो ऋण नदिएको उल्लेख गर्दै उनले यस्तो नियम परिवर्तन गर्न सरकारसँग आग्रह गरे।

‘सबै बैंकहरू ठूला व्यापारीका लागि छन्। ठूला नेताहरूको घरघरमा त ठूला व्यापारी आउँछन्। गरिब, दलित, किसानको घरमा बैंक पुग्न सकेको छैन,’ उनले भने, ‘गरिब जनताले चाहेको बेलामा बैंकहरूको ऋण दिने व्यवस्थाको सरकारले ग्यारेन्टी गर्नु पर्छ।’

गरिबसँग धितो राख्ने कुनै सम्पत्ति नहुने भएकाले उनीहरूलाई राज्यले नै जमानी बसेर बैंकहरूबाट ऋण लिने व्यवस्था गर्नुपर्नेमा उनले सरकारलाई सचेत गराए।

प्रकाशित: १७ असार २०८० १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + two =