अट्टो थ्रीको सीमित संस्करण सार्वजनिक, मूल्य ६६.८८ लाख

हिमाल प्रेस १७ असार २०८० ११:४२
6
SHARES
अट्टो थ्रीको सीमित संस्करण सार्वजनिक, मूल्य ६६.८८ लाख

काठमाडौँ- नेपालका लागि बीवाईडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले अट्टो थ्रीको सीमित संस्करण सार्वजनिक गरेको छ।

यो विशेष संस्करण फरेस्ट ग्रे रंगमा उपलब्ध छ। यो संस्करण एक सय युनिट मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ।

यसमा १०० किलोवाटको मोटर र ६०.४८ किलोवाटको ब्याट्री दिइएको छ। एक पटक पूरा चार्जमा यो गाडीलाई ४२० किलोमिटरसम्म गुडाउन सकिन्छ।

साइमेक्स इन्क प्रालिका सेल्स हेड आशुतोष गौतमले नेपाली ग्राहकलाई सीमित संस्करण उपलब्ध गराउन पाउँदा कम्पनी उत्साहित भएको बताए। उनले भने, ‘यो संस्करणमा भएका प्रिमियम विशेषताले ग्राहकलाई सन्तुष्ट बनाउनेमा हामी ढुक्क छौँ।’

प्रकाशित: १७ असार २०८० ११:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =