भारी वर्षाको सम्भावना

हिमाल प्रेस १६ असार २०८० २१:०९
12
SHARES
भारी वर्षाको सम्भावना फाइल तस्बिर

काठमाडौँ- मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।

लुम्बिनी प्रदेशको थोरै स्थानमा र कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। रातिको समयमा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। काठमाडौँ उपत्यकामा अहिले आंशिक बदली रहेको छ। आज राति वर्षाको सम्भावना छ।

आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ। रासस

प्रकाशित: १६ असार २०८० २१:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =