मौसमविद् भन्छन् : अझै तीनचार दिन पानी पर्ने सम्भावना छैन

हिमाल प्रेस २५ माघ २०८० ७:२०
16
SHARES
मौसमविद् भन्छन् : अझै तीनचार दिन पानी पर्ने सम्भावना छैन फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ- सामान्यतयाः यो मौसममा तातो लाग्नुपर्ने हो। तर काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा प्रायः चिसो छ। यो बेला विगतका वर्षहरूमा एक पटक पानी परेर तातो फर्किने गरेको थियो।

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।। केही दिनयता नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि त्यो कमजोर हुँदा वर्षा हुन सकेको छैन।

पश्चिमी वायु स्ट्रङ नहुँदासम्म वर्षाको सम्भावना हुँदैन। पश्चिमी वायु स्ट्रङ भएर सक्रिय हुँदा मात्रै वर्षा हुने मौसमविद्हरू बताउँछन् ।

उनका अनुसार अझै कम्तीमा तीनरचार दिन वर्षाको सम्भावना छैन।

प्रकाशित: २५ माघ २०८० ७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =