स्कटल्यान्डसँग पराजित

विश्‍वकप छनोटबाट बाहिरियो वेस्ट इन्डिज

हिमाल प्रेस १६ असार २०८० २०:५८
16
SHARES
विश्‍वकप छनोटबाट बाहिरियो वेस्ट इन्डिज

काठमाडौँ- क्रिकेट विश्वकप २०२३को छनोट प्रतियोगितामा स्कटल्यान्डसँग पराजित भएसँगै वेस्ट इन्डिज विश्वकप खेल्नबाट वञ्चित भएको छ। जिम्बाबेको हरारेमा शनिबार भएको ‘सुपर सिक्स’मा स्कटल्यान्डसँग ७ विकेटले हारेपछि वेस्ट इन्डिज विश्वकप छनोटबाट बाहिरिएको हो।

सन् १९७५ र १९७९ को विश्वकप विजेता वेस्ट इन्डिजले शनिबार स्कटल्यान्डलाई १८२ रनको लक्ष्य दिएको थियो। टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि ज्यासन होल्डर सर्वाधिक ४५ रनको योगदान दिए। १८२ रनको लक्ष्य पाएको स्कटल्यान्डले ४३.३ ओभरमा ३ विकेटको क्षतिमा १८५ रन बनाएर जितेको हो।

स्कटल्यान्डका लागि म्याथ्यु क्रसले नटआउट ७४ रन बनाए। यस हारसँगै वेस्ट इन्डिज पहिलो पटक विश्वकप खेल्नबाट बञ्चित भएको आईसीसीले उल्लेख गरेको छ।

प्रकाशित: १६ असार २०८० २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eight =