सबै प्रदेशमा पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

हिमाल प्रेस १६ असार २०८० ६:२८
6
SHARES
सबै प्रदेशमा पानी पर्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ– शनिबार (आज) देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थान तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशमा मनसुनी वायुको प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका अधिकांश तथा बाँकी प्रदेशका तराईका केही स्थानमा हावा हुरीको समेत सम्भावना रहेको छ।

वर्षा, हावाहुरी र चट्याङका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुनसक्ने महाशाखाको भनाइ छ।

भारी वर्षा, मेघ-गर्जन र चट्याङ, हावा हुरी, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: १६ असार २०८० ६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =