विदेशभन्दा नेपालमै अवसर बढी छ : ओली

हिमाल प्रेस १५ असार २०८० २०:३३
4
SHARES
विदेशभन्दा नेपालमै अवसर बढी छ : ओली

चितवन- नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि बिदेसिनुभन्दा नेपालमा नै अवसर भएको बताएका छन्।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आज (शुक्रबार) आयोजना गरिएको कृषि उद्यमबाट समृद्धि विषयक कार्यक्रममा उनले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने बताएका हुन्।

विद्यार्थी र ओलीबीच प्रश्नोत्तर शैलीमा सञ्चालन गरिएको कार्यक्रममा प्रश्नको जबाफ दिँदै उनले विदेशमा गएर कामदार बन्नुभन्दा यहीँ उद्यमी बन्नु उपयुक्त भएको बताए। ‘एक जना व्यक्तिको जीवनकालमा धेरै परिवर्तन हुन सक्छ भने अध्ययन गरेका विद्यार्थीको जीवनकालमा नेपालमा नै सम्भव नहुने केही छैन,’ उनले भने।

नेपालको कृषिलाई आधुनिक तरीकाले गर्न सकिने भन्दै उनले देशलाई आवश्यक पर्ने खाद्यान्न आफैँले उत्पादन गर्नुपर्ने बताए।

प्रकाशित: १५ असार २०८० २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 4 =