रवि लामिछानेविरुद्धको रिट निवेदन संवैधानिक इजलासबाट खारेज

हिमाल प्रेस १३ असार २०८० १७:०२
54
SHARES
रवि लामिछानेविरुद्धको रिट निवेदन संवैधानिक इजलासबाट खारेज

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेको पद खारेजीको मागदाबीसहित परेको मुद्दा संवैधानिक इजलासबाट खारेज भएको छ।

लामिछानेको सांसद पद खारेजीको मागदाबीसहित परेको मुद्दालाई आज बुधबार संवैधानिक इजलासले खारेज गरिदिएको हो। युवराज पौडेल (सफल)ले लामिछानेको सांसद पद खारेजीको मागसहित गत जेठ १० गते निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।
रिट निवेदनमा राहदानी दुरुपयोग, नागरिकता लिने प्रक्रियालगायतको विषयमा प्रश्न उठाइएको थियो।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लसहितको संवैधानिक इजलासले उक्त रिट निवेदन खारेज हुने ठहर गरेको हो।

प्रकाशित: १३ असार २०८० १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =