दक्षिण कोरियालीको उमेर दुई वर्ष घट्यो

हिमाल प्रेस १३ असार २०८० १५:१६
16
SHARES
दक्षिण कोरियालीको उमेर दुई वर्ष घट्यो

काठमाडौँ– पाँच करोडभन्दा बढी कोरियाली नागरिकको उमेर एकदेखि दुई वर्ष घटेको छ। आजदेखि लागू भएको नयाँ कानुनी व्यवस्थाले कोरियाली नागरिकको उमेर घटाएको हो।

उमेर गणनाको हिसाब परम्परागत भएको भन्दै कोरियाको संसद्ले गत डिसेम्बरमा त्यसलाई परिवर्तन गरेको थियो। परिवर्तित कानुन आजबाट लागू भएको हो।

यसअघि कोरियामा बच्चा जन्मिँदाको समय र त्यहाँको पात्रोअनुसार गणना गर्ने व्यवस्था थियो। यसअनुसार बच्चा जन्मिँदा एक वर्षको उमेर मानिन्थ्यो र जुन समयमा जन्मेको भए पनि जनवरीमा अर्को एक वर्ष पार भएको भन्दै गणना हुन्थ्यो।

कोरियाको उक्त व्यवस्था अनुसार एउटै वर्षको जनवरी र सोही वर्षको डिसेम्बरमा जन्मेको बच्चाको उमेर अर्को वर्ष एकै हुन्थ्यो।

नयाँ कानुनले अब जन्मेको समयलाई शून्य मानेर त्यहीँबाट गणना हुनेछ। यो व्यवस्था विश्वका धेरै देशमा प्रचलनमा छ। यसले कोरियाका नागरिकको उमेर एकदेखि दुई वर्ष कम भएको छ।

दक्षिण कोरियाका कानुनमन्त्री लि वान क्यूले नयाँ व्यवस्था लागू भएसँगै धेरै सामाजिक दुविधा अन्त्य भएको प्रतिक्रिया दिएका छन्। यो कानुनले समाजिक सुरक्षा भक्तामा पनि मुलुकलाई ठूलो फाइदा हुने उनको भनाइ छ।

नयाँ व्यवस्था लागू गर्नुअघि कोरियाले सर्वेक्षण गरेको थियो। जसमा ८६.२ प्रतिशतले उमेर गणनाको व्यवस्था परिवर्तनको पक्षमा राय दिएका थिए।

प्रकाशित: १३ असार २०८० १५:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =