बजेटका पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

हिमाल प्रेस १३ असार २०८० १२:०८
2
SHARE
बजेटका पक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ– सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट २०८०/०८१ को पक्षमा मतदान गर्ने भएको छ। संसद् भवनमा बुधवार बिहान बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपनेता एवं उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले जानकारी दिए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधवबर बिहान बसेको बैठकमा बजेट संशोधन गर्ने सहमति भएकाले मतदान गर्ने पक्षमा पार्टीले निर्णय गरेको उनको भनाइ छ।

उनले भने, ‘आज बिहान प्रधानमन्त्रीसँग बसेर हामीले छलफल गरेका थियौँ। हामीले उठाएका कुरा बजेटको प्रणालीमा सुधार गर्ने कुरा सम्बोधन गर्ने भनेपछि बजेटका पक्षमा मतदान गर्ने निर्णय गरेका छौँ।’

पाण्डेले बजेट प्रणालीमा सुधार हुने भएपछि बजेटका पक्षमा मतदान गर्ने निर्णय गरेको जानकारी दिए।

प्रकाशित: १३ असार २०८० १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fifteen =