घोराही उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्षले दिए पदबाट राजीनामा

हिमाल प्रेस १२ असार २०८० १९:११
100
SHARES
घोराही उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्षले दिए पदबाट राजीनामा

काठमाडौँ- घोराही उपमहानगरपालिका- ८ का वडा अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। बजेटको विषयमा असन्तुष्टि जनाउँदै शाहले आज पदबाट राजीनामा दिएका हुन्।

उपमहानगरपालिकाको १३ औं नगरसभामा राजीनामा पत्र नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएर उनी बाहिरिएका हुन्। उनी एमालेबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए।
‘…नीति तथा कार्यक्रममा बाँडफाडको विषयमा चित्त नबुझेको हुँदा आफूले वडाको जनतालाई गरेको प्रतिबद्धता पुरा गर्न नसक्ने भएको आफूलाई आत्मग्लानी भएकोले यो अध्यक्षको पदबाट राजीनामा दिने गरेकोले यो राजीनामा पत्र पेस गर्दछु’ उनले बुझाएको पत्रमा भनिएको छ।

उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले पनि वडाअध्यक्ष शाहले राजीनामा पत्र बुझाए पनि स्वीकृत नहुने बताए। ‘अहिलेको बजेटअनुसार उहाँले भनेका योजनाहरू पुरा हुने देखिएनन् त्यही भएर आवेगमा आएर राजीनामा दिनु भएको हो,’ उनले हिमाल प्रेससँग भने, ‘छलफल नगरी आएको राजीनामा स्वीकृत हुँदैन।’

प्रकाशित: १२ असार २०८० १९:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − twelve =