टिपरको ठक्करबाट दाङमा दुई जनाको मृत्यु

हिमाल प्रेस ३० मंसिर २०८० १३:११
6
SHARES
टिपरको ठक्करबाट दाङमा दुई जनाको मृत्यु

दाङ- तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका-१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

रा १ क १३०७ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ को मोटरसाइकलाई ठक्कर दिँदा प्युठानको झिम्रुक गाउँपालिका-४ बाङे निवासी १७ वर्षीय विशाल जिसी र सोही जिल्ला नौबहिनी गाउँपालिका-६ लुङ निवासी १८ वर्षीय सागर केसी घाइते भएको र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी जनकबहादुर मल्लले जानकारी दिए।

टिपरसहित चालक रोल्पाको रुन्टिगढी गाउँपालिका-९ का २६ वर्षीय ईश्वर बुढालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =