प्रेस युनियन काठमाडौँको अध्यक्षमा गौतम निर्वाचित

हिमाल प्रेस १२ असार २०८० १०:२६
12
SHARES
प्रेस युनियन काठमाडौँको अध्यक्षमा गौतम निर्वाचित

काठमाडौँ- नेपाल प्रेस युनियन काठमाडौँ शाखाको अध्यक्षमा महेश्वर गौतम निर्वाचित भएका छन्।

गौतमले अर्का प्रत्यासी दिलीपप्रकाश कार्कीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। गौतमले ३१५ मत ल्याएका छन् भने कार्कीले १२९ मत पाए।

खुला उपाध्यक्षमा रोमन आचार्य र महिला उपाध्यक्षमा श्रद्धा कोइराला निर्विरोध निर्वाचित भएका छन्। सचिवमा सन्तोष अधिकारीले केशवप्रसाद पाण्डेलाई पराजित गरे। अधिकारीले २८५ मत पाएका छन् भने पाण्डेले १५९।

सहसचिवमा पूजा बगाले र कोषाध्यक्षमा प्रदीप कार्की निर्विरोध चयन भए।

प्रवीन भुसाल, शिवलाल पौडेल, विशाल पुरी, कृष्णबहादुर कार्की, भुपेश उपाध्याय, कविन अधिकारी, ओमप्रकाश राउत, निकेश अधिकारी, सरोज बस्याल, मदन रिजाल, सागर जोशी, देवीप्रसाद पाण्डे, राजु थापा, प्रशन्न मुल्लिक, मनोज भण्डारी, किशोर दाहाल, रामचन्द्र मिश्र, अनुप प्रधान सदस्य चयन भएका छन्। यस्तै मिन्साङ लामा, रमेश सेन्चुरी, विनिता क्षेत्री, मुना दाहाल, सिर्जना मिश्र, सकुन्तला रानामगर र कोसिना ढकाल पनि सदस्य चयन भएका छन्।

प्रकाशित: १२ असार २०८० १०:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + fourteen =