प्रधानमन्त्रीले विश्‍वासको मत लिएपछि सरकारमा जान्छौँ : केसी

हिमाल प्रेस ४ चैत २०७९ १६:२६
6
SHARES
प्रधानमन्त्रीले विश्‍वासको मत लिएपछि सरकारमा जान्छौँ : केसी

लुम्बिनी– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै कांग्रेस सरकारमा सहभागी हुने बताएका छन्।

उनले कांग्रेस सरकारमा सहभागी हुँदा कसले नेतृत्व गर्ने भन्ने विषयमा पार्टीमा छलफल हुने बताए।

नेपाल प्रेस युनियन, रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता केसीले यस्तो बताएका हुन्।

उनले सरकार निर्माणमा उपप्रधानमन्त्रीको हुल बनाउने कुरा गलत भएको बताए। उनले मन्त्रिपरिषद् गठनमा संविधानले सीमा तोकेको भए पनि उपप्रधानमन्त्रीको हुल बनाउने क्रम बढ्दै जानु गलत भएको उनको टिप्पणी छ।

नेता केसीले वर्तमान निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने खाँचो औंल्याए। समानुपातिक पद्धतिले नेतृत्वका वरपरका मान्छेले मात्र अवसर पाएको भन्दै प्रतिस्पर्धात्मक समानुपातिकको व्यवस्था हुनुपर्ने बताए।

‘जनतासँग पटक्कै सरोकार नभएका र नेतृत्वको वरपर घुम्ने मान्छेले अवसर पाएका छन्, समानुपातिकको दुरुपयोग गरिएको छ’ उनले भने।

उनले राष्ट्रिय सभामा समानुपतिक प्रणाली व्यवस्था गर्न सकिने धारणा राखे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =