ललितपुरले ल्यायो ६ अर्ब ५० करोडको बजेट, यस्ता छन् योजना

हिमाल प्रेस १० असार २०८० १८:०३
14
SHARES
ललितपुरले ल्यायो ६ अर्ब ५० करोडको बजेट, यस्ता छन् योजना

ललितपुर- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ५० करोड ५ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ। यसमा ४ अर्ब २१ लाख पुँजीगत र २ अर्ब ५० करोड रुपैयाँ चालु खर्चतर्फ छुट्याइएको छ।

आइतबार बजेट सार्वजनिक गर्दै ललितपुर महानगरपालिकाले सडक पूर्वाधारलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ। आयोजना बैंक निर्माण, सम्पदा संरक्षण र हरियाली प्रवर्द्धनलाई महानगरले प्राथमिकता दिएको छ।

आगामी आर्थिक वर्षबाट ‘एक वडा एक उद्यान’ र ‘एक घर एक बोट’ कार्यक्रम कडाइका साथ लागू गरिने बजेट वक्तव्यमा उल्लेख छ।

आगामी वर्ष प्रत्येक वडामा कम्तीमा एक सार्वजनिक शौचालय बनाइने, अपांगतामैत्री फुटपाथ निर्माण, साइकल लेन, स्मार्ट सडक बत्ती जडान, सीसीटीभी र ट्राफिक लाइट जडान गरिने महानगरले उल्लेख गरेको छ।

हस्तकला प्रवर्द्धनका लागि कोसेली घर बनाइने र सहुलियतपूर्ण कर्जाका लागि बिउ पुँजीको व्यवस्था अगाडि सारिएको छ। त्यस्तै विपद् व्यवस्थापनका लागि महानगरले ‘पाटन सिटी डज नट सिलिप’को अवधारणा ल्याएको छ।

त्यसैगरी वातावरण प्रहरीको सुरुवात, विद्युतीय गाडी खरिदकर्तालाई राजस्व छुट, सिक्दै काम गर्दै, पढ्दै कमाउँदै अवधारणाअन्तर्गत पार्टटाइम कामको व्यवस्था गरिने बजेटमा उल्लेख छ।

‘जनताको कर, जनतालाई खबर’ कार्यक्रममार्फत महानगरका हरेक गतिविधि नागरिकमाझ सम्प्रेषण गरिनेलगायत कार्यक्रम ल्याइएको छ।

प्रकाशित: १० असार २०८० १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 9 =