ललितपुर महानगरका ९२ हजार बालबालिकाले दादुरा-रुबेलाको खोप लगाउँदै

हिमाल प्रेस १३ फागुन २०८० ११:१२
4
SHARES
ललितपुर महानगरका ९२ हजार बालबालिकाले दादुरा-रुबेलाको खोप लगाउँदै

ललितपुर- ललितपुर महानगरपालिकाका ९२ हजार तीन सय बालबालिकाले दादुरा र रुबेलाविरुद्धको खोप लगाउने भएका छन्। फागुन १३ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने दादुरा-रुबेला खोप अभियानअन्तर्गत महानगरभित्रका दुई सय १२ वटा खोप केन्द्रबाट ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउन लागिएको हो।

ललितपुर महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले १३ देखि २३ गतेसम्म विद्यालयहरूमा खोप केन्द्र राखेको जानकारी दिइन्। उनले भनिन्, ‘२३ गते महानगरको २९ वटै वडाका स्वास्थ्य संस्थामा खोप दिने व्यवस्था मिलाएका छौँ।’

फागुन १३ गते महानगरका २५, २६, २७, २८ र २९ का विद्यालयमा खोप दिइनेछ। १४ गते वडा नंं. २२, २३, २४ का विद्यालय खोप दिने व्यवस्था मिलाइएको छ।  १५ गते वडा नं. १८, १९ र २० र २१ का विद्यालयमा दादुरा-रुबेला विरुद्धको खोप दिइने महर्जनले बताइन्।

१६ गते वडा नंं. १४, १६ र १७ का विद्यालयमा खोप दिने व्यवस्था मिलाइएको छ। १७ गते १५ वडाका विद्यालयमा र १८ गते ८,९, १०, ११, १२, १३ वडाका विद्यालयमा खोप दिइनेछ।

२० गते वडा न‍‍ ५, ६ र ७ मा रहेका विद्यालयमा खोप दिइनेछ। २१ गते वडा नं‍. ४ का विद्यालयमा, २२ गते वडा नंं. १, २ र ३ मा रहेका विद्यालयमा खोप दिने व्यवस्था मिलाइएको छ। २३ गते वडा नंं १ देखि २९ सम्मका वडाका स्वास्थ्य संस्थामा खोप दिइने व्यवस्था मिलाइएको प्रमुख महर्जनले बताइन्।

खोप दिने समय बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म रहेको छ।

दादुरा–रुबेला खोप अभियानमा ५ वर्षमुनिका बालबालिकालाई छुट नियमित खोप पनि दिइँदैछ। नियमित खोप छुटेको भए खोप केन्द्रमा जाँदा नियमित खोप कार्ड पनि लिएर जान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। मन्त्री मोहनबहादुर बस्नेतले भनेका छन्, ‘आफ्नो गाउँटोलमा सञ्चालन हुने खोप केन्द्रको नाम र सञ्चालन हुने मिति र उमेर समूहबारे थाहा पाउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा सम्पर्क गर्नुहोस्।’

प्रकाशित: १३ फागुन २०८० ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =