डिजिटल इकोनोमीमा सोचेजति प्रगति गर्न सकिएन : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस ८ असार २०८० १२:२५
8
SHARES
डिजिटल इकोनोमीमा सोचेजति प्रगति गर्न सकिएन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिइरहेको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित डिजिटल नेपाल कन्क्लेभ २०२३ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

डिजिटल इकोनोमीमा सरकारले विशेष जोड दिँदै आए पनि नेपालको भौगोलिक अवस्थाका कारण सोचे अनुरूपको विकास हुन नसकेको उनको भनाइ छ।

सरकारी काम कारबाहीहरू म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म सुशासनमुखी नेपालको परिकल्पना गर्न सम्भव नरहेको उनले स्पष्ट पारे।

सरकार र जनताबीचको सम्बन्धलाई अझै विकसित गर्न र सरकारी काम कारबाहीलाई पारदर्शी तथा सबैको पहुँचमा पुर्‍याउँदै डिजिटल गभर्नेन्सको प्रत्याभुतिसहित भ्रष्टाचारमुक्त समाजको विकासमा सरकार केन्द्रित रहेको उनले उल्लेख गरे।

सामाजिक चेतना, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता क्षेत्रमासमेत जनअपेक्षाअनुरूप सरकारको भुमिका प्रभावकारी बनाउन सूचना तथा सञ्चार क्षेत्रमा प्रविधिलाई व्यवस्थित रूपले उपयोग गर्नुपर्ने आजको आवश्यकता भएको उनले बताए।

‘सरकारी काम कारबाहीहरू म्यानुअल पद्धतिबाट हुने अवस्थाको अन्त्य नभएसम्म हामीले खोजेको सुशासनमुखी नेपालको विकास गर्न सम्भव छैन। राज्यको पहुँच नपुगेको दुर्गम क्षेत्रका सर्वसाधारणलाई समेत यसमार्फत जीवनस्तर उकास्न आवश्यक पहल गरिएको छ। डिजिटल इकोनोमीमा जोड दिने सरकारको अभिप्राय छ,’ उनले भने।

आइसीटिका क्षेत्रमा नेपालभित्रै दक्ष जनशक्ति विकास हुँदै जानु देशका लागि खुशीको कुरा भएको उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =