नबिल बैंकको ‘एनबैंक वेब’बाट दैनिक २० लाख रुपैयाँ कारोबार गर्न सकिने

हिमाल प्रेस ७ असार २०८० १९:२९
2
SHARE
नबिल बैंकको ‘एनबैंक वेब’बाट दैनिक २० लाख रुपैयाँ कारोबार गर्न सकिने

काठमाडौँ- नबिल बैंकले ‘एनबैंक वेब’ सेवा सुरु गरेको छ। बैंकले बिहीबार एक भर्चुअल कार्यक्रममार्फत उक्त सेवा सुरुवात गरेको हो। ग्राहकले उक्त सेवामार्फत डेस्कटप, ल्यापटप तथा ट्यावलेट प्रयोग गरी दैनिक २० लाख रुपैयाँको कारोबार गर्न सक्ने बैंकले जानकारी दिएको छ।

सो सेवामार्फत मासिक ५० लाख रुपैयाँ बराबरको कारोबार गर्न सकिने बैंकको भनाइ छ। एनबैंक वेब सेवा ग्राहकमैत्री, पहुँचयोग्य र सुरक्षित सेवा प्रदानमा सहयोग पुग्ने बैंकले बताएको छ।

एनबैंक एप (मोबाइल बैंकिङ)मा दर्ता भएका व्यक्तिगत ग्राहकले लग इन गर्न एउटै आइडी र पासवर्ड वा क्यूआर कोड प्रयोग गरेर कारोबार गर्न सकिनेछ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनयकुमार रेग्मीले एनबैंक वेबले एनबैंक मोबाइल बैंकिङ एपजस्तै ओम्नी च्यानल बैंकिङ सेवा प्रदान गर्ने बताए। ‘यसले अनलाइन कारोबारको माथिल्लो सीमाको साथ वित्त व्यवस्थापन सहजता प्रदान गर्छ,’ उनले भने।

प्रकाशित: ७ असार २०८० १९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 20 =