पोखरा ओर्लियो चिनियाँ अन्तर्राष्ट्रिय जहाज

हिमाल प्रेस ६ असार २०८० ९:२२
10
SHARES
पोखरा ओर्लियो चिनियाँ अन्तर्राष्ट्रिय जहाज

पोखरा– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण भएको छ। पोखरा विमानस्थलमा पहिलो पटक अवतरण भएको अन्तर्राष्ट्रिय जहाजलाई नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहित सरकारी टोलीले स्वागत गरेका छन्।

चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडीसहितका यात्रु लिएर जहाज आएको हो।

करिब २ घण्टा पोखरा विमानस्थलमा रहेर जहाज बिहान ११ बजे काठमाडौँ हुँदै चीन फर्किंने बताइएको छ।

१ जनवरी २०२३ बाट सञ्‍चानमा आएको पोखरा विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय जहाज अवतरण गरेको हो । विमानस्थल उद्घाटनको दिन हिमालयन एयरलाइन्सले परीक्षण उडान गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =