संस्कार र संस्कृतिको विकास आवश्यक छ : सभामुख घिमिरे

हिमाल प्रेस ५ असार २०८० २०:०४
4
SHARES
संस्कार र संस्कृतिको विकास आवश्यक छ : सभामुख घिमिरे फाइल तस्बिर।

काठमाडौँ- सभामुख देवराज घिमिरेले लोप हुन लागेका राष्ट्रिय संस्कार र संस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको बताएका छन्। मंगलबार नाचघरमा आयोजित राष्ट्रिय नाचघर सांस्कृतिक संस्थानको ५१औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले आज संस्कृतिको क्षेत्रमा ठूला चुनौतीहरु रहेको र त्यसलाई संस्थानले महत्त्वपूर्ण रुपमा लिँदै अघि बढ्नुपर्ने बताए। ‘लोप हुन लागिरहेका राष्ट्रिय संस्कार र संस्कृतिको विकास गर्ने, हामीले अनुशासनमा बाँधिएको संस्कृति विकास गर्ने, ठूलालाई कदर र सानालाई माया गर्ने संस्कृतिको विकास गर्ने, यो सन्दर्भमा विभिन्न धर्म, संस्कार र संस्कृतिका परम्पराहरू विभिन्न खालका कलाहरूमा साहित्य, संगीत, नाट्यमा अभिव्यक्त हुँदै आइरहेको छ,’ उनले भने।

सभामुख घिमिरेले पुराना र लोपोन्मुख कला र संस्कृतिको जगेर्ना गर्न राष्ट्रिय नाचघरले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे।

प्रकाशित: ५ असार २०८० २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =