प्रतिनिधिसभामा चार मन्त्रालयको बजेटमाथि छलफल हुँदै

हिमाल प्रेस ५ असार २०८० ९:५१
2
SHARE
प्रतिनिधिसभामा चार मन्त्रालयको बजेटमाथि छलफल हुँदै

काठमाडौँ- संघीय संसद्अन्तर्गत मंगलबार प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेबाट सुरु हुनेछ।

बैठकमा विनियोजन विधेयकअन्तर्गत सहरी विकास, खानेपानी, अर्थ र श्रम मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।

सोमबारको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालय परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको बजेटमाथि छलफल भएको थियो।

प्रकाशित: ५ असार २०८० ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =