बजेट निर्माण प्रक्रियामा भएका कमजोरी सच्याउनु आवश्यक : रमेश लेखक

हिमाल प्रेस ३ असार २०८० २०:५२
4
SHARES
बजेट निर्माण प्रक्रियामा भएका कमजोरी सच्याउनु आवश्यक : रमेश लेखक कांग्रेस प्रमुख सचेतक रमेश लेखक

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बजेट निर्माण प्रक्रियामा भएका कमजोरी सच्याउन आवश्यक रहेको बताएका छन्। आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटबारे गरेको छलफल कार्यक्रममा बोल्दै उनले बजेट केन्द्रिकृत रहेकाले यसलाई सच्याएर अघि बढ्न जरुरी रहेको बताएका हुन्।

बजेट संघीयताअनुसारको बनाउने कुरामा सबैले काम गर्नुपर्नेमा उनले जोड दिए। सशर्त अनुदान विषयगत बनाएर स्थानीय तहमा पठाउनुपर्ने लेखकले बताए।

संघले राखेका साना योजनालाई स्थानीय तहमा पठाउन आवश्यक रहेको पनि उनले बताए। ‘यो अहिलेमात्रै होइन, २०७२/७३ देखि हुँदै आएको छ तर बेठिक कुरा छन् भने परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘यही बजेटमा के गर्न सकिन्छ? आगामी दिनमा कसरी सच्याउनुपर्छ भन्ने मुख्य कुरा हो। सशर्त अनुदान भनेर दिएको छ।

यदि केन्द्रले नै सशर्त अनुदान भनेर दिएकोमा तल जाने नै भयो। तल निश्चित नभनी विषयगत बनाएर पठाउन सकिन्छ कि? संघले राखेका साना योजनालाई स्थानीय तहमा पठाउनुपर्छ।’

प्रकाशित: ३ असार २०८० २०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 17 =