समाजवादी मोर्चाबारे एमालेले कुनै निर्णय गरेको छैन : गोकर्ण विष्ट

'वर्तमान सरकार विकास र प्रगतिको बाधक'

हिमाल प्रेस २ असार २०८० १४:०८
10
SHARES
समाजवादी मोर्चाबारे एमालेले कुनै निर्णय गरेको छैन : गोकर्ण विष्ट

पोखरा– नेकपा एमालेका सचिव गोकर्ण विष्टले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार देशको विकास र जनताको प्रगतिको बाधक रहेको जिकिर गरेका छन्। पार्टीनिकट पत्रकार संगठन प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

वर्तमान गठबन्धन सरकार लामो समय चल्नु देश र जनताका लागि राम्रो नहुने उनको भनाइ छ।

अहिलेको सरकार आफ्नै खुट्टामा नउभिएकाले लामो समय चल्नु देश र जनताका लागि सकारात्मक नहुने उनले तर्क गरे।

‘आफ्नै खुट्टामा नउभिएको यो सरकारको नीति, कार्यक्रम, बजेट, कार्यशैली र यसले जनतालाई दिइरहेको सेवालाई हेर्ने हो भने यो सरकार लामो समय चल्नै हुँदैन,’उनले भने, ‘यो सरकार जति लामो समय चल्छ। देशको अधोगति हुन्छ, त्यतिनै देशको विकास र जनताको प्रगति रोकिन्छ। यसकारण यो सरकार लामो समय चल्नै हुँदैन।’

समाजवादी मोर्चा बनाउने सन्दर्भमा एमालेले कुनै आधिकारिक धारणा बाहिर नल्याएको उनले जानकारी गराए।

‘विभिन्न पार्टीहरूले मोर्चा बनाउन लागेको समाचार आइराखेका छन्। त्यो उहाँहरूकै कुरा भयो तर समाजवादी मोर्चा बनाउनेबारे एमालेले अहिल्यै केही निर्णय गरेको छैन,’ उनले भने।

प्रकाशित: २ असार २०८० १४:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + five =