चापाकोट नगरपालिकाका पूर्वमेयर गिरीको सवारी दुर्घटनामा मृत्यु

हिमाल प्रेस २ असार २०८० ८:५०
10
SHARES
चापाकोट नगरपालिकाका पूर्वमेयर गिरीको सवारी दुर्घटनामा मृत्यु

पोखरा– स्याङ्जाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिवकुमार गिरीको सवारी दुर्घटनामा मृत्यु भएको छ।

सिद्धार्थ राजमार्गको राङखोलाबाट स्याङ्जा बजारतर्फ आउँदै गरेको बा. १५ च १७०९ नम्बरको स्कारपियो अनियन्त्रित भई चापाकोट ४, दर्सिङमा गएराति दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते गिरीलाई स्याङ्जा जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले ११:४० मा मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्कारपियो चालक पुतलीबजार ९, कोल्माका ३२ वर्षीय सुरज नेपाली र गाडी प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले जनाए। गिरी ६० वर्षका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 9 =