घट्यो राहदानी बनाउँदा लाग्ने दस्तुर

हिमाल प्रेस १ असार २०८० १६:३७
26
SHARES
घट्यो राहदानी बनाउँदा लाग्ने दस्तुर

काठमाडौँ– सरकारले राहदानी ‘पासपोर्ट’ बनाउँदा लाग्ने दस्तुर घटाएको छ। यसअघि ६६ पृष्ठको विद्युतीय राहदानी लिन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा १० हजार रूपैयाँ तिर्नुपर्नेमा अब ५ हजार रूपैयाँ मात्र तिरे पुग्ने भएको छ।

यसअघि ३४ पृष्ठको विद्युतीय राहदानी लिनका लागि ५ हजार रूपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था थियो। तर मन्त्रिपरिषद्ले गत जेठ २४ गतेको निर्णयअनुसार राहदानी नियमावली, २०७७ को अनुसूची ४ मा संशोधन गर्दै दस्तुर घटाएको हो।

मन्त्रिपरिषद्को निर्णय जेठ ३२ गतेको राजपत्रमा प्रकाशित भएको र असार ३ गते आइतबारदेखि लागू हुने भन्दै राहदानी विभागले सम्बन्धित निकायमा सर्कुलर गरेको छ।

प्रकाशित: १ असार २०८० १६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =