किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी छ : अर्थमन्त्री महत

हिमाल प्रेस ३२ जेठ २०८० १६:२७
6
SHARES
किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी छ : अर्थमन्त्री महत डा. प्रकाशशरण महत। फाइल तस्बिर

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताएका छन्।  ‘सरकारले कृषि क्षेत्रमा दिने अर्बौँको अनुदानको सदुपयोग भएन। दुरुपयोग भयो। कागज देखाएर मात्रै अनुदान लिएका थिए अब त्यसरी हुँदैन। उत्पादनमा नै अनुदान दिने हो। त्यसमा पनि नयाँ टेक्नोलोजी प्रयोग गरिरहेको छ। उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी छ,’ उनले भने।

बिहीबार अर्थ मन्त्रालयमा नेपाली किसानहरूले अर्थमन्त्रीलाई आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेका किसानहरूको टोलीसँग कुरा गर्दै उनले भने, ‘ज्येष्ठ १५ गते संसद्मा प्रस्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई नै प्रोत्साहन र संरक्षण गर्ने हो।’

उनले सरकारले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताए।

उनले सरकारले आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन र सरंक्षण गर्ने मुख्य उद्देश्य रहेको भन्दै बजेट आएपछि स्वार्थ समूहले गलत प्रचार गरिरहेको बताए। ‘नेपाल आत्मानिर्भरता तर्फ उन्मुख हुन्छौँ भनेर प्रस्ताव गरिएको हो। तर, यहाँ जो संगठित समूहहरू छन्। उनीहरूको आवाज ठूलो हुन्छ। हरेक तहमा उनीहरू नै पहिला पुग्छन्। धेरैलाई उपभोक्ता मूल्य बढ्ने भयो उपभोक्तालाई मर्का पर्ने भयो भन्ने प्रभावमा परेका छन्,’ उनले भने।

उनले आलु प्याजमा लगाएको करले उपभोक्ता मूल्यमा वृद्धि नहुने उल्टो मूल्य घट्ने बताए। करको व्यवस्थाले मूलतः आयातित वस्तु मात्रै महँगो हुने भन्दै स्थानीय उत्पादनलाई महँगो नबनाउने बताए।

अर्थमन्त्री महतले सुपर मार्केटमा त्यही खालका उपभोक्ताहरू पुग्ने भएकाले त्यहाँ कर लगाएको बताए। उनले सरकारसँग स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कर लगाउनुको विकल्प नभएकाले कर लगाएको बताउनु बताए। उनले नेपाली किसानहरूले ढुक्क भएर उत्पादन बढाउन आग्रह गरे।

प्रकाशित: ३२ जेठ २०८० १६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + two =