स्वदेशमै अवसर खोजौँ, विदेश जानेबित्तिकै सबै पाइँदैन : अर्थमन्त्री महत

हिमाल प्रेस ३१ साउन २०८० १४:४७
4
SHARES
स्वदेशमै अवसर खोजौँ, विदेश जानेबित्तिकै सबै पाइँदैन : अर्थमन्त्री महत

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्यमशीलता विकासको अवसर विदेशमाभन्दा स्वदेशमै बढी रहेको र यसको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन्। ‘इन्टरप्रेनरसिप मोटिभेसन कन्क्लेभ’लाई बुधबार सम्बोधन गर्दै अर्थमन्त्री महतले विदेश जानेबित्तिकै सबै कुरा प्राप्त हुने भ्रमबाट युवाहरूलाई मुक्त गर्न जरुरी रहेको बताएका हुन्।

उनले भने, ‘हामीकहाँ विकास हुन बाँकी छ। यसकारण यहाँ अवसर प्रशस्त छ। विदेशमा सबै भौतिक सुविधा हुँदा पनि खुसी छैन, बाहिरबाट सबै सुविधा देखिए पनि भित्र खोक्रो छ।’

अर्थमन्त्री महतले यहीँ अवसर खोज्नेलाई सरकारले अनुदान, सस्तो ऋण, कर छुटलगायत सुविधा दिइरहेको बताए। उनले भने, ‘अहिले युवाहरूमा विदेश गएन भने आफ्नो हैसियत सानो र कमजोर भएको भन्ने गलत सोचाई हाबी हुँदै गएको छ, यो भ्रम हामीले चिर्नैपर्छ।’

प्रकाशित: ३१ साउन २०८० १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 14 =