प्रचण्डले धोका दिए : कांग्रेस प्रवक्ता महत

हिमाल प्रेस २९ फागुन २०८० १४:५१
8
SHARES
प्रचण्डले धोका दिए : कांग्रेस प्रवक्ता महत

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिबद्धता र जनताले दिएको म्यान्डेट लत्याएको आरोप लगाएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजन गर्दै पूर्वअर्थमन्त्री महतले दाहालले कांग्रेस महासमिति बैठकमा प्रस्तुत प्रस्ताव र कोसी प्रदेशका बहानामा धोका दिएको आरोप लगाए।

उनले भने, ‘प्रचण्डले नेपाली कांग्रेससँगको सहकार्य, जनतासामु गरेको प्रतिबद्धता र जनताले दिएको म्यान्डेट लत्त्याउनुभएको छ। कांग्रेसले केन्द्रीय कार्यसमिति र कार्यसम्पादन बैठक गरेर प्रचण्डमाथि विश्वासघात र बेइमानीको संज्ञा दिइसकेका छौँ। प्रधानमन्त्रीजीले सदनमा बोल्दा कांग्रेसले घात गरेको कारण सत्ता फेरबदल गर्नुपरेको बताएका छन्। यो सबै कपोलकल्पित र झुटो हो।’

प्रधानमन्त्री प्रचण्डले २०७९ सालको आम निर्वाचनपछि मात्र तीन पटक सत्ता सहकार्य फेरेको भन्दै महतले प्रचण्डको प्रवृत्ति भएको उल्लेख गरे।

प्रकाशित: २९ फागुन २०८० १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =