बागमती प्रदेशसभाको बैठक बस्दै

हिमाल प्रेस ३२ जेठ २०८० १०:५६
4
SHARES
बागमती प्रदेशसभाको बैठक बस्दै

काठमाडौँ– बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ।

बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष ०८०/८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्ने कार्यसूची छ। बैठकमा सो सर्वेक्षणमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी भइ आ-आफ्नो धारणा राख्ने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

आगामी असार १ गते बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री लामाले आव २०८०/८१ का लागि बजेट प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रकाशित: ३२ जेठ २०८० १०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =