अदालतमा हुने भ्रष्टाचार रोक्न अनुसन्धाता खटाउने हरिकृष्ण कार्कीको कार्ययोजना

हिमाल प्रेस ३२ जेठ २०८० ९:४९
8
SHARES
अदालतमा हुने भ्रष्टाचार रोक्न अनुसन्धाता खटाउने हरिकृष्ण कार्कीको कार्ययोजना

काठमाडौँ– सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अदालतमा हुने भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्ने बताएका छन्। बिहीबार (आज) संसदीय सुनुवाइ समितिमा बोल्दै कार्कीले यस्तो बताएका हुन्।

कर्मचारीले पालना गर्ने आचरणसम्बन्धी व्यवस्था लागु गरेर अनुगमन गर्ने उनको भनाइ छ। न्यायापालकालिकालाई स्वच्छ पारदर्शितालाई जोड दिने बताउँदै भ्रष्टाचार रोक्न सूक्ष्म अनुसन्धाता खटाउने पनि उनले बताए।

मुद्दाको पेशी स्वचालित मेसिन प्रणाली सुचारु नभएसम्मका लागि गोलाप्रथाबाट जारी राखिने उनले जनाए।

सेवाग्राहीबाट प्राप्त राय सल्लाहसम्बन्धी पक्षमा पुर्‍याउने, सेवाग्राहीको गुनासो सुन्ने व्यवस्था गर्ने, अदालतमा बिचौलियाको गतिविधि नियन्त्रण गर्ने, बिचौलियामाथि सूक्ष्म निगरानी गर्ने र दोषीलाई कारबाही गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने, बिचौलिया नियन्त्रण गर्न छुट्टै कानुनी व्यवस्थाका लागि पहल गर्ने उनले उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =