पाकिस्तान र दक्षिण कोरियाका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

हिमाल प्रेस २९ जेठ २०८० १९:३१
6
SHARES
पाकिस्तान र दक्षिण कोरियाका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ- पाकिस्तान र दक्षिण कोरियाका राजदूतले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्। सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहका बीच पाकिस्तानका लागि राजदूत अबरार हुसेन हाश्मी र दक्षिण कोरियाका राजदूत पार्क तइयोङले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

राष्ट्रपति भएपछि पहिलो पटक रामचन्द्र पौडेलले आफ्नो मुलकुमा आएका राजदूतको ओहोदाको प्रमाणपत्र बुझेका हुन्। राजदूतहरूलाई लाजिम्पाटस्थित होटल र्‍याडिसन परिसरबाट छुट्टाछुट्टै बग्गीमा राखेर लगिएको थियो। समारोहमा परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू सहभागी थिए।

अबरारको ओहोदाको प्रमाणपत्र लिएपछि राष्ट्रपति पौडेलले नेपाल–पाकिस्तान सम्बन्ध र सार्कका विषयमा छलफल गरेका थिए। त्यसैगरी राष्ट्रपति पौडेलले दक्षिण कोरियाका राजदूतसँग नेपाल–कोरिया सम्बन्ध र कोरियामा रहेका नेपालीका लागि रोजगारीको अवसरका बारेमा पनि छलफल गरे।

परराष्ट्रका वर्तमान सचिव भरत पौड्याल पाकिस्तानमा नै राजदूत भएर आएका व्यक्ति हुन्। उनैले त्यहाँका राजदूतलाई ओहदाको प्रमाणपत्र बुझाउने बन्दोबस्त मिलाउन ढिलाइ गरेको भन्दै आलोचना पनि भइरहेको छ। यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालले पनि सचिव पौड्याललाई बोलाएर सोधपुछ गरेका थिए।

प्रकाशित: २९ जेठ २०८० १९:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =