प्रधानसेनापति शर्मा र लेबनानका राजदूतबीच भेटवार्ता

हिमाल प्रेस १८ फागुन २०८० १०:१७
16
SHARES
प्रधानसेनापति शर्मा र लेबनानका राजदूतबीच भेटवार्ता

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि लेबनानका राजदूत डा.रावि नरशबीच जंगीअड्डामा शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा बिहीबार भएको उक्त भेटवार्तामा नेपाली शान्ति सैनिकले विगत लामो समयदेखि लेबनानमा पुर्‍याएको योगदानका साथै आपसी चासोका विषयमा छलफल भएको जंगीअड्डाले जनाएको छ।

प्रधानसेनापति शर्मा र राजदूत नरशबीचको भेटवार्ताले दुई देशबीचको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास सेनाले लिएको छ।

प्रकाशित: १८ फागुन २०८० १०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =