केही समूहलाई यो बजेट मन परेको छैन : अर्थमन्त्री महत

हिमाल प्रेस २९ जेठ २०८० ११:२३
4
SHARES
केही समूहलाई यो बजेट मन परेको छैन : अर्थमन्त्री महत

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र चलायमान बनाउने ढंगले बजेट निर्माण भएको बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र ५ ले सोमबार बिहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

देश र जनतालाई केन्द्रबिन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने ढंगले बजेट निर्माण भएको उनको भनाइ छ।

‘केही समूहलाई बजेटबारे चित्त बुझेको छैन, कुनै स्वार्थ समूहको कुरा नसुनी दृढ अठोठका साथ बजेट निर्माण गरेका हौं। बजेटले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ, बजेटले सबै क्षेत्रलाई समेटेको छ,’ उनले भने,’ निरपेक्ष भावका साथ बजेट निर्माण गरिएको छ।’

आफ्नो अठोट देश र जनताप्रति भएको स्पष्ट पार्दै उनले जनताका आकांक्षा धेरै भएको तर स्रोत र साधन सीमित भएको बताए।

कांग्रेसका प्रवक्तासमेत रहेका उनले पार्टीभित्र अनुशासन जरुरी रहेको उल्लेख गरे।

पार्टीभित्र एक अर्काप्रति आदर र सम्मान गर्ने परिपाटीको ख्याल राख्नुपर्ने उनको भनाइ छ। ‘पार्टीभित्र छलफल गरी निष्कर्ष निकालेर बाहिर एक स्वरका साथ जानुपर्छ। पार्टीभन्दा व्यक्ति ठूलो होइन भन्ने कुरालाई आत्मसाथ गर्नुपर्छ,’ उनले भने।

कांग्रेस बलियो भए कुनै राजनीतिक दल र शक्तिसँग समन्वय र गठबन्धन गर्न नपर्ने उनले स्पष्ट पारे।

प्रकाशित: २९ जेठ २०८० ११:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =