अत्यधिक मागपछि हलमा फेरि ‘हल्कारा’

हिमाल प्रेस २८ जेठ २०८० १७:३६
8
SHARES
अत्यधिक मागपछि हलमा फेरि ‘हल्कारा’

काठमाडौँ- फिल्म ‘हल्कारा’ दर्शकको अत्यधिक मागपछि आज (आइतबार)देखि प्रदर्शनमा आएकाे छ। फिल्मका लेखक, निर्देशक र सम्पादक विक्रम सापकोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत हलमा पुनः लागेकाे जानकारी गराएका हुन्।

निर्देशक सापकोटाका अनुसार फिल्म विश्वज्योति हल र सिडिसी सिनेमाजमा प्रदर्शन भइरहेको छ। विश्वज्योति हलमा बेलुका ६ बजे र सिडिसी सिनेमाजमा बेलुका साढे ५ बजेकोे एकएक सो रहेको छ। फिल्म गत वैशाख २९ गतेदेखि प्रदर्शनमा आएको हो।

एक घण्टा ५१ मिनेटको फिल्ममा गाउँमा चिठी पुर्‍याउने हल्काराको कथा, अन्तरसंघर्ष र वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गरिएको छ। फिल्ममा महेश त्रिपाठी, विनिता थापा, उमेश तामाङ, पशुपति राई, विद्या राईलगायत कलाकारले अभिनय गरेका छन्।

चिन्तनराज भण्डारीको छायांकनमा बनेको फिल्म कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले निर्माण गरेको हो।

प्रकाशित: २८ जेठ २०८० १७:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =