हलमा ‘हल्कारा’

हिमाल प्रेस २९ वैशाख २०८० ११:३२
8
SHARES
हलमा ‘हल्कारा’

काठमाडौँ- आज (शुक्रबार) देखि देशभरका हलहरूमा फिल्म ‘हल्कारा’ प्रदर्शन गरिएको छ। चिट्ठी वितरण गर्ने हुलाकीको कथामा आधारित फिल्ममा अभिनेता महेश त्रिपाठी मुख्य भूमिकामा देखिएका छन्।

विक्रम सापकोटाको निर्देशन र सम्पादनमा बनेको फिल्ममा हुलाकीको सपना, अन्तरसंघर्ष र वैदेशिक रोजगारीको आयामलाई प्रस्तुत गरिएको छ।

फिल्ममा महेश त्रिपाठी, विनिता थापामगर, उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारले अभिनय गरेका छन्।

चिन्तन राजभण्डारीले छायांकन गरेको फिल्म कालीपार स्टुडियो र आइसफल प्रडक्सनले निर्माण गरेको हो।

प्रकाशित: २९ वैशाख २०८० ११:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + six =