सहरमा आज : तीन नाटक मञ्चन; नेपाली, हिन्दी र अंग्रेजी फिल्मबीच प्रतिस्पर्धा

सुस्मिता बजगाईं १३ जेठ २०८० ६:२१
44
SHARES
सहरमा आज : तीन नाटक मञ्चन; नेपाली, हिन्दी र अंग्रेजी फिल्मबीच प्रतिस्पर्धा

काठमाडौँ– शनिबार बिदाको दिन रमाइलो गर्न चाहनेका लागि उपत्यकाका विभिन्न फिल्म हल, नाटकघर आदि उपयुक्त गन्तव्य हुन सक्छन्। फिल्म हलमा नेपाली, अंग्रेजी र हिन्दी फिल्म प्रदर्शन भइरहेका छन्। नाट्यघरमा विभिन्न नाटक मञ्चन जारी छ। राजधानीका कुनकुन ठाउँमा केकस्ता फिल्म, नाटक मञ्चन, चित्रकला प्रदर्शनीलगायतका गतिविधि भइरहेका छन त?

राससको फोटो प्रदर्शनी

राष्ट्रिय समाचार समिति (रासस) ले केन्द्रीय कार्यालय, भद्रकाली प्लाजामा ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा जेठ ११ गतेदेखि फोटो प्रदर्शनी गरिरहेको छ। नेपालका सांस्कृतिक पक्ष समेटेर राससबाट सम्प्रेषण भएका फोटो प्रदर्शनीमा राखिएको छ। प्रदर्शनी जेठ १७ गतेसम्म चल्नेछ।

राससका फोटो पत्रकारले खिचेका र सम्पादन कक्षबाट सेवाग्राहीमा सम्प्रेषण भइसकेका नेपालका विभिन्न चाडपर्व, जात्रा, मेलामहोत्सव तथा मठमन्दिर, गुम्बा, चैत्य, ताजिया जस्ता मूर्त–अमूर्त संस्कृति एवं सम्पदासम्बन्धी फोटो प्रदर्शनीमा राखिएको छ। जसमा सातै प्रदेश एवं काठमाडौँ उपत्यका क्षेत्रका गरी ७७ फोटो छन्।

द लोटस अफ द डिभाइन

ठमेलस्थित द कला सैलुनको पाँचाैँ फ्लोरमा मे १८ अर्थात् जेठ ४ गतेदेखि ‘द लोटस अफ द डिभाइन’ चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनी जेठ १३ गतेसम्म चल्नेछ।
निकिता सिंहले संकलन गरेकी पिचवाई चित्रहरुको संग्रह प्रदर्शनमा राखिएको छ।

कौसीमा ‘त्रयम्’

टेकुस्थित कौसी थिएटरमा जेठ १२ गतेदेखि नाटक ‘त्रयम’ मञ्चन भइरहेको छ। नाटक जेठ २८ सम्म चल्ने छ। दीलिप रानाभाटको लेखन तथा निर्देशन रहेको नाटक थिएटर भिलेजले निर्माण गरेका हुन्।

डेरामा बस्दै आएका तीन युवतीको कथा समेटिएको नाटकमा संगीता थापा, रक्षा थापा, पूर्णिमा आचार्य, श्रवण रानामगर र नाथन रायन भण्डारीको अभिनय छ। नाटक साताको प्रत्येक दिन बेलुकी साढे पाँच बजे सुरु हुनेछ। शनिबार दिउँसो १ बजेको अतिरिक्त सो छ।

गुरुकुलमा ‘आधा– अपुरो’

थापागाँउस्थित आरोहण गुरुकुल (कुञ्ज थिएटर)मा नाटक ‘आधा–अपूरो) मञ्चन भइरहेको छ। काव्य आर्ट र आरोहण गुरुकुल स्कुल अफ थिएटरको सहकार्यमा जेठ ५ गतेदेखि मञ्चन भएको नाटक लागामी जेठ २२ सम्म मञ्चन हुनेछ।

शंकर पोखरेलको परिकल्पना र निर्देशन रहेको नाटकका लेखक मोहन राकेश हुन्। नाटकमा कलाकार राम भजन कामल, मौसम खढ्का, सम्झना भट्टराई, विशाल देवकोटा, सुवास तिमल्सिना, शर्मिला नेपाल, रोशन चन्द, सन्तोष पोखरेलको अभिनय छ। नाटक सोमबार बाहेक साताको प्रत्येक दिन बेलुका साढे ५ बजे मञ्चन हुनेछ। साथै शनिबार १ बजे अतिरिक्त सो पनि हुनेछ।

ओजस थिएटरमा ‘मृत्यु कुण्ड’

रातोपुलस्थित ओजस (शैली) थिएटरमा वैशाख २० देखि नाटक ‘मृत्यु कुण्ड’ मञ्चन भईरहेको छ। जेठ १५ सम्म मञ्चन हुने नाटकमा रविन दोङको लेखन र निर्देशन छ।
प्रमोद बाबुको निर्माण रहेको नाटकमा विशाल महर्जन, अजय बान्तवा राई, सबिना तामाङ, विवेक घिमिरे, राजु खतिवडा, शिशिर भट्टराई, शालु रौनियार, उदिप शिवाकोटीलगायतको अभिनय छ।

नाटक बिहीबारबाहेक हरेक दिन बेलुका सवा ५ बजेदेखि मञ्चन हुनेछ। बुधबार र शनिबार दिउँसो १ बजे पनि नाटकको अतिरिक्त सो छ।

कुन हलमा कुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘टुल्की’, ‘हुक्का’ ‘डाकिनी’, ‘हल्कारा’, ‘ज्याकी’, ‘जारी’ चलिरहेका छन्।
हिन्दीमा ‘छत्रपति’ ‘द केरला स्टोरी’ र अंग्रेजीमा ‘द लिटल म्यारियड’, ‘फास्ट एक्स’, ‘गार्डियन्स अफ द ग्यालक्सी’, प्रदर्शन भइरहेका फिल्म हुन्।

टुल्की

फिल्म टुल्की जेठ १२ गतेदेखि देशभर प्रदर्शन भइरहेको छ। देवजंग थापाको निर्देशन रहेको फिल्म हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा आधारित छ।

फिल्ममा शिशिर वाङ्देल र स्वस्तिमा कार्की, सोफिया लिम्बु, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालिमाटी ट्रेड सेन्टर, बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज ‘टुल्की’ फिल्म प्रदर्शनरत छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, सीडीसी सिनेमाज, बीएसआर मुभिज, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण हल ‘टुल्की’ चलिरहेको अन्य हल हुन्।

हुक्का
फिल्म ‘हुक्का : एन एब्सर्ड ड्रिम’ जेठ १२ गतेदेखि प्रदर्शनरत छ। शम्भु थापा निर्देशित फिल्ममा प्रमिला खनाल, प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिसा गुरुङ, निश्चल विमल, एलिसा विकको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर लबिम मल र छाया सेन्टरमा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिग मुभिजमा ‘हुक्का’ फिल्म प्रदर्शनरत छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, सीडीसी सिनेमाज, बीएसआर मुभिज, अष्टनारायण हल ‘हुक्का’ चलिरहेका अन्य हल हुन्।

डाकिनी

जेठ ५ गतेदेखि फिल्म ‘डाकिनी’ नेपालका सीमित हलमा प्रदर्शन भइरहेको छ। बौद्ध धर्मका ठूला गुरु मानिने खिन्से नोर्बु ‘जोङसार खिन्से रिम्पोछे’को निर्देशनमा बनेको फिल्म ड्रामा जनरामा बनेको छ।

भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलको मुख्य भूमिका रहेको फिल्ममा नेपाली कलाकार कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतको अभिनय छ।

म्याक्स दीपेश खत्री निर्माता रहेको फिल्ममा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ। आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मल, छाया सेन्टरमा फिल्मको सो छ।

जारी

वैशाख १ गतेदेखि प्रदर्शन भएको फिल्म ‘जारी’ देशभरका सिनेमा हलमा चलिरहेको छ। फिल्मका निर्देशक उपेन्द्र सुब्बा हुन्। लिम्बु जातिमा रहेको जारी कथामा आधारित फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङ लगायतको अभिनय छ।
आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर र लबिम मलमा फिल्मको सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, एफक्यूब सिनेमाज, बिग मुभिज, सीडीसी सिनेमाज, बीएसआर मुभिज ‘जारी’ चलिरहेका अन्य हल हुन्।

हल्कारा

फिल्म ‘हल्कारा’ वैशाख २९ देखि देशभर प्रदर्शन भइरहेको छ। विक्रम सापकोटाको लेखन र निर्देशन रहेको फिल्म कमेडी जनरामा बनको छ। फिल्ममा गाउँमा चिठी पुर्‍याउने हल्काराको कथा छ।

महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका रहेको फिल्ममा उमेश तामाङ, पशुपति राई, स्व.दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ।
आज उपत्यकामा सीडीसी सिनेमाजमा फिल्मको एक सो छ।

ज्याकी : आई एम ट्वान्टी वान

वैशाख २१ गतेदेखि देशभर फिल्म हलमा ‘ज्याकी : आई एम ट्वान्टी वान’ प्रदर्शन भईरहेको छ। रेनशा राईको पटकथा र निर्देशन रहेको फिल्म डान्स ड्रामा जनरामा बनेको छ। धीरज मगर र जसिता गुरुङ मुख्य भूमिकामा रहेको फिल्ममा अन्य कलाकार अरुण क्षेत्री, प्रेम सुब्बा, लोनिभा तुलाधर, सुजता राई, सूर्यमान लिम्बुलगायत छन्।

आज उपत्यकामा वान सिनेमाजअन्तर्गत आइप्लेक्स मलमा फिल्मको एक सो छ।

द केरला स्टोरी

हिन्दी फिल्म ‘द केरला स्टोरी’ वैशाख २२ देखि नेपालमा प्रर्दशन भइरहेको छ। फिल्मका निर्देशक सुदिप्तो सेन हुन्। कमेडी जनरामा बनेको फिल्ममा अदा शर्मा, योगिता बिहानी, सोनिया बलानी, सिद्धी इदनानीलगायत कलाकार छन्।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत भाटभटेनी भक्तपुर, लबिम मल, छाया सेन्टर, सिभिल मल र दरबार सिनेम्याक्समा फिल्मको सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालिमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बीएसआर मुभिजमा फिल्म ‘द केरला स्टोरी’ प्रदर्शन भइरहेको छ।

छत्रपति

वैशाख २९ गतेदेखि हिन्दी फिल्म ‘छत्रपति’ नेपालका हलमा चलिरहेको छ। एक्सन र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक भिभी विनायक हुन्।

फिल्ममा साई श्री निवास, बेल्लमकोन्डा, श्रीनिवास, नुश्रत भरुचा, शरद केलकरलगायतको अभिनय छ। यो फिल्म सन २००५ मा रिलिज भएको दक्षिण भारतीय तलेगु फिल्म ‘छत्रपति’को हिन्दी रिमेक हो।

आज उपत्यकामा आइएनआइ सिनेमाअन्तर्गत लोत्से मलमा फिल्मको सो छ।

द लिटल मर्मेड

अंग्रजी फिल्म ‘द लिटल मर्मेड’ जेठ १२ गतेदेखि नेपालका विभिन्न हलहरुमा प्रदर्शनरत छ। हलिउडको म्युजिकल फिल्म एड्भेन्चर जनरामा बनेको फिल्मका निर्देशक रब मार्सल हुन्। फिल्ममा हेल्ली बेली, जोनाह हाउर किङ, डेभिड डिग्सलगायत कलाकारले अभिनय गरेका छन्।

आज उपत्यकामा रहेको क्युएफएक्स अन्तर्गतका सिभिल मल, भाटभटेनी भक्तपुर, लबिम मल, छाया सेन्टर र दरबार सिनेक्याक्समा फिल्मको सो छ। वान सिनेमा अन्तर्गत कालिमाटी ट्रेड सेन्टर र आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बिग मुभिज, अनुपम मलस्थित सीके सिनेमाजमा ‘द लिटल मर्मेड’ प्रदर्शनरत छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, बिश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीडीसी सिनेमाज, बीएसआर मुभिज, अष्टनारायण हल ‘द लिटल मर्मेड’ चलिरहेका अन्य हल हुन्।

फास्ट एक्स

अंग्रेजी फिल्म ‘फास्ट एक्स’ जेठ ५ गतेदेखि नेपाली हलहरूमा प्रदर्शनरत छ। लुइस लेटरियरको निर्देशनमा रहेको फिल्ममा विन डिजेल, मिसेल रोड्रिग्वेज, जेनस मोमोआ, जोन सेनालगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मल, लबिम मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर र दरबार सिनेम्याक्समा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाजमा ‘फास्ट एक्स’ फिल्म प्रदर्शनरत छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, सिडिसी सिनेमाज, बीएसआर मुभिज, ‘फास्ट एक्स’ चलिरहेका अन्य हल हुन्।

गार्डियन्स अफ द ग्यालक्सी

मे ५ अर्थात् वैशाख २२ गतेदेखि नेपालका हलमा अंग्रेजी फिल्म ‘गार्डियन्स अफ द ग्यालक्सी’ चलिरहेको छ। एक्सन एडभेन्चर र कमेडी जनरामा बनेको फिल्मका निर्देशक जेम्स गन हुन्। फिल्ममा क्रिस प्राट, जो साल्दाना, डेभ बाउटिस्टा, वीन डीजललगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र एफक्यूब सिनेमाजमा फिल्मको सो छ।

प्रकाशित: १३ जेठ २०८० ६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =