समाजवादी प्रेस संगठन अध्यक्षमा विश्‍वमणि निर्वाचित

हिमाल प्रेस २८ जेठ २०८० ९:५०
12
SHARES
समाजवादी प्रेस संगठन अध्यक्षमा विश्‍वमणि निर्वाचित

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीनिकट पत्रकार संगठन समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन्। शुक्रबार र शनिबार काठमाडौँमा सम्पन्न संगठनको प्रथम राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणामअनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका हुन्।

सुवेदीले १ सय ४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले १ सय १९ मत प्राप्त गरे। अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरे।

यसैगरी खुला उपाध्यक्षमा नवराज छत्कुल्ली (१ सय ५०), महिला उपाध्यक्षमा अस्मिता गिरी (१ सय ७१), उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट (१ सय ७४) मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए।

उनका अनुसार महासचिवमा रामकुमार एलनले १ सय ३९ मतले विजयी हुँदा उनका प्रतिस्पर्धी हृदय भुसालले १ सय ३० मत प्राप्त गरे।

उपमहासचिवमा प्रेम गौतम (१ सय ६४), प्रतिज्ञा बुढामगर (१ सय २२) र लेखनाथ सिकारु (१ सय ३९) मत प्राप्त गरी विजयी भएका छन्। सचिव खुलामा शिव ढुंगाना (१ सय १७), अनिल शाही (१ सय ३६), पूर्ण कार्की (८६) मत प्राप्त गरी विजयी भएको उनले जानकारी दिए।

यस्तै सचिव (महिला) मा कान्ति न्यौपाने (१ सय २८), सचिव (दलित)मा प्रदीप नेपाली (१ सय ५१) र कोषाध्यक्षमा कृपा भण्डारी (१ सय ३९) मत प्राप्त गरी विजयी भएका छन्।

सुदूरपश्चिम उपाध्यक्षमा नरेन्द्र भट्ट निर्वाचित हुनुभएको छ। उपत्यका उपाध्यक्षमा कृष्णराज गौतम, एसोसिएट/प्रतिष्ठान उपाध्यक्षमा तेज वाग्ले सर्वसम्मत निर्वाचित भएका छन्। अन्य प्रदेशमा पनि सर्वसम्मत उपाध्यक्ष चयन भएको उनले जानकारी दिए

पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालले शुक्रबार उद्घाटन गरेको सम्मेलनले १५ बुँदे विशेष समसामयिक प्रस्तावसमेत पारित गरेको छ। नवनिर्वाचित कार्यसमितिलाई पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बधाई तथा शुभकामना व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =