पहिचानवादीसँग वार्ता गर्न कोशी प्रदेशले गर्‍याे समिति गठन

हिमाल प्रेस २४ जेठ २०८० १७:२२
8
SHARES
पहिचानवादीसँग वार्ता गर्न कोशी प्रदेशले गर्‍याे समिति गठन

इटहरी- काेशी प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न समिति गठन गरेको छ। फागुन १७ मा प्रदेशको काेशी नामकरण गरेपछि नामबारे कुनै छलफल नहुने बताउँदै आएका मुख्यमन्त्री कार्कीले सरकार ढल्ने भएपछि वार्ता समिति बनाएका हुन्।

पहिचानवादीसँग वार्ताका लागि खानेपानी, सिँचाई तथा उर्जामन्त्री तीलकुमार मेन्याङ्बोको संयोकत्वमा तीन सदस्य वार्ता टोली गठन गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानकारी दिएकाे छ।

सदस्यहरूमा सरकारका प्रवक्ता तथा उद्योग कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी रहेका छन्। मंगलबार नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको छ।

यसअघि सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले वार्ताबाट समस्या समाधान गर्न र वार्ता समिति बनाएर अगाडि बढ्न आग्रह गर्दा कार्कीले अस्वीकार गर्दै आएका थिए।

माओवादी केन्द्र र जसपाले प्रदेशका नागरिकको आन्दोलनलाई सुनुवाई गर्न नसकेको भन्ने कारण समेतका आधारमा प्रदेश सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि कार्कीले वार्ता समिति बनाएका हुन्।

प्रकाशित: २४ जेठ २०८० १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =