कोशी प्रदेश सरकार : माओवादीका दुई मन्त्रीले दिए पदबाट राजीनामा

हिमाल प्रेस २३ जेठ २०८० १७:०४
कोशी प्रदेश सरकार : माओवादीका दुई मन्त्रीले दिए पदबाट राजीनामा

काठमाडौँ- कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन्। माओवादीले आज मंगलबारमात्रै एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको थियो। पार्टीको निर्णयपछि भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागाईं र पर्यटन, वन तथा वातवरणमन्त्री जीवन आचार्यले राजीनामा दिएका हुन्। मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा पत्र बुझाएका हुन्।

दुवै मन्त्री पुस २५ गते नियुक्त भएका थिए। माओवादीबाट चापागाईंले पार्टीको नेतृत्व गरेर सरकारमा सहभागी भएका थिए।

प्रकाशित: २३ जेठ २०८० १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 5 =