अर्थमन्त्रीलाई ओलीको व्यंग्य : जहाज बनाउने मान्छे भेटिन्छन्, टाइप गर्ने मान्छे भेटिँदैनन्

हिमाल प्रेस २३ जेठ २०८० १६:००
40
SHARES
अर्थमन्त्रीलाई ओलीको व्यंग्य : जहाज बनाउने मान्छे भेटिन्छन्, टाइप गर्ने मान्छे भेटिँदैनन्

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेटमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा अर्थमन्त्रीमाथि व्यंग्य गरेका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकमा बजेटमाथि छलफल गर्दै ओलीले विश्व आर्टिफिसियल इन्टेलिजेन्सीमा पुगिसक्दा पनि नेपालमा भने अर्थ मन्त्रालयमा बजेट टाइप गर्ने मान्छे नभेटिएको भन्दै व्यंग्य गरेका हुन्।

ओलीअघि बोलेका अर्थमन्त्री प्रकाशशरण महतले बाध्यताका कारण बजेट टाइप गर्न रामकृष्ण श्रेष्ठलाई जिम्मेवारी दिइएको तर उनले करको दर हेरफेर नगरेको बताएका थिए।

‘यत्रा वर्षमा हवाईजहाज मान्छेले बनाए, उडाउने पनि मान्छे बनाए । कम्युपटर बनाउने पनि, चलाउने पनि आए,’ ओलीले भने, ‘आर्टिफिसियल इन्टेलिजेन्ससम्म पुगिसक्यो मान्छे, ती पनि भेटिए । तर, यहाँ डाटा इन्ट्री गर्ने मान्छे छैन।’

ओलीले राष्ट्रपतिले सल्लाहकार राखेको विषय उल्लेख गर्दै अर्थमन्त्री प्रकाशशरण महतमाथि व्यंग्य गरे।

‘राष्ट्रपतिज्यूले १० जना कांग्रेसका नेताहरू मन्त्रीस्तरको सुविधा दिएर फनफनी घुमाएर त्यहाँ राख्नुभएको छ,’ उनले थपे, ‘बेकारमा घाम तपाएर भयो भने शीतल तपाएर अर्थ मन्त्रालयमा भने टाइप गर्ने मान्छे छैन । अर्थमन्त्री चाहिँ त्यहीँ एउटा मान्छे छ, बाध्यता छ भन्नहुन्छ।’

प्रकाशित: २३ जेठ २०८० १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =