केपी ओलीको प्रश्न : धान, आलु फलाउने छोडेर किन चाहियो गाँजा?

हिमाल प्रेस २३ जेठ २०८० १५:३२
16
SHARES
केपी ओलीको प्रश्न : धान, आलु फलाउने छोडेर किन चाहियो गाँजा?

काठमाडौँ- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको बजेटमा गाँजा खेतीको अध्ययन गर्ने विषय समावेश गरिएको भन्दै आपत्ति जनाएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीको अध्ययन गर्ने विषय उल्लेख भएकोमा आपत्ति जनाएका हुन्।

‘धान फलाउने, आलु फलाउने, कृषि बढाउने त्यतापट्टि छैन। खाद्यान्नमा आत्मनिर्भर भन्ने छैन। कसले गर्न खोजीको छ गाँजा खेती?,’ प्रश्न गर्दै ‌ओलीले भने,’कसले गर्न खोजिरहेको छ? कसका लागि गाँजा खेती? अचम्म लाग्छ, गाँजा खेती कसलाई चाहियो? अहिले मान्छे दृष्टिगोचर भएको छैन । कोही छ गाँजा खेती पछाडि।’

उनले गाँजा खेतीको कुरा जनताको हितभन्दा परको कुरा भएको भन्दै ‘फेन्सी’ कुरा गरिएको बताए। ‘गाँजाको बिउ लिएर बसेको व्यापारी को हो? किन आउँछन् यस्ता फेन्सी कुरा?,’ उनले भने, ‘जनताका हितभन्दा पर यस्ता कुरा किन आउँछन्?’

प्रकाशित: २३ जेठ २०८० १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =