कोशी सरकारबाट बाहिरियो माओवादी केन्द्र

हिमाल प्रेस २३ जेठ २०८० १३:१०
8
SHARES
कोशी सरकारबाट बाहिरियो माओवादी केन्द्र

इटहरी- नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको छ। आज (मंगलबार) बसेको कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालय (पदाधिकारी) को बैठकले उक्त निर्णय गरेको हो।

एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरिएको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए। उनले अब माओवादीकै नेतृत्वमा सरकार बनाउन कसरत गरिने बताए। नेम्वाङले भने, ‘माओवादीको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न समिति पनि बनाएका छौँ।’

प्रकाशित: २३ जेठ २०८० १३:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =