आइतबार स्थगित संसद बैठक आज बस्दै

हिमाल प्रेस २२ जेठ २०८० ६:३१
4
SHARES
आइतबार स्थगित संसद बैठक आज बस्दै फाइल तस्बिर।

काठमाडौँ– नेकपा एमालेलगायत विपक्षी दलको अवरोधपछि आइतबार स्थगित प्रतिनिधिसभा बैठक सोमबार (आज) बस्ने भएको छ।

आइतबारको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपालगायत दलका सांसदहरूले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए।

सभामुख देवराज घिमिरेले बैठक सञ्चालन प्रयास गरे पनि दलहरूले निरन्तर अवरोध गरेपछि सूचना टाँस गरेर सोमबारसम्मका लागि बैठक सारिएको थियो। सोही बैठक सोमबार ११ बजे पुन: बस्ने संघीय संसद सचिवालयले जनाएको छ।

यस्तै नियमित कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक पनि आइतबार स्थगित भएको थियो। आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै बैठक अवरुद्ध गरेको हो ।

सो बैठक सोमबार दिउँसो बजेका लागि बोलाइएको छ।

प्रकाशित: २२ जेठ २०८० ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 18 =