संविधान र देशको रक्षापछिमात्रै संसद्‌को अवरोध हट्छ : केपी ओली

हिमाल प्रेस २१ जेठ २०८० १५:११
16
SHARES
संविधान र देशको रक्षापछिमात्रै संसद्‌को अवरोध हट्छ : केपी ओली

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र देशहीतको रक्षापछि मात्रै संसद्‌मा भएको अवरोध हट्ने बताएका छन्।

आइतबार बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसदको गतिरोध हटाउने बताए।

उनले भने, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हीतको रक्षापछि मात्रै यो सेटल हुन्छ।’

प्रतिपक्षी दलहरुको विरोधका कारण प्रतिनिधि सभाको बैठक १ घण्टाका लागि स्थगित भएको छ। सदनको अवरोध हटाउने विषयमा सभामुख दलका नेताहरूसँग छलफलमा जुटेका छन्।

प्रकाशित: २१ जेठ २०८० १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 18 =